बम विस्फोटमा ज्यान गुमाएकाहरु सर्वसाधारण होइनन्ः गृहमन्त्री

 

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार भएको शृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेहरु सर्वसाधारण नभएको दाबी गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । 

null

संसदमा उनले भने, ‘आइतबार राजधानीमा भएका विस्फोटबाट मृत्यु हुनेहरु आम नागरिक होइनन् । विप्लव समूहकै कार्यकर्ता हुन् । समूहसँग सम्बन्धित व्यक्तिको मृत्यु भएको हो । घाइते भएकाहरु पनि अधिकांश समूहसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् ।’ 

राजधानीको घट्टेकुलो र सुकेधारमा आइतबार दिउँसो बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घट्टेकुलो बम विस्फोटमा ज्यान गुमाउने र घाइते हुने दुवै विप्लवका कार्यकर्ता भएको खुलिसकेको छ । आइतबार नै प्रहरीले घटनास्थलबाट विप्लवको पर्चा फेला पारेको थियो । 

यस्तै गृहमन्त्री थापाले नेकपा विप्लव समूहले राज्यविरुद्ध, संविधान विरुद्ध शान्ति विरोधी गतिविरोधी गर्दै आएको पनि स्पष्ट पारे । उनले समूहले समानान्तर सरकार गठन गरेको पनि बताए । ‘उनीहरुले जनसरकारको नाममा जनपरिषद् पनि गठन गरेका छन्। जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन्। केही समय यता उनीहरुले संविधान विरोधी गैर कानुनी र सशस्त्र गतिविधि गर्दै आएको छ’, उनले भने । विप्लव समूहले आज गरेको बन्द नागरिक स्तरबाट असफल पारिदिएको उनको दाबी छ । 

विप्लव समूहका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र वार्ता गर्ने प्रक्रिया अगाडी बढाइरहेको जानकारी गराउँदै उनले विप्लव समूहलाई नियन्त्रण गर्न र मूलधारमा ल्याउन सरकार प्रतिबद्ध बताए । 

विप्लव समूहले सोमबार गरेको नेपाल बन्दमा विभिन्न ठाउँमा बम विस्फोट भइरहेकाे छ भने कतिपय स्थानमा शंकास्पद वस्तुहरु फेला परिरहेका छन् । 

विप्लव कार्यकताले मकवानपुरमा २ वटा बस जलाएका थिए भने हेटौँडामा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार हुँदा चालक घाइते भएका थिए । अन्य स्थानमा पनि बम विस्फोट भइरहेको छ । यातायात बन्द र बम विस्फोटले जनजीवन प्रभावित भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =