कैलालीमा बनभाेजमा गएका बालबलिका बेपत्ता

विष्णु जोशी, धनगढी । कैलालीको लम्की चुहामा बनभाेजमा गएका दुई जना बेपत्ता भएका छन् । यस अघि पनि बनभाेजमा गएका दुर्इ जना युवक बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर ३ पितमारि नजिकैको पिकनिक स्पोर्ट नजिकैको कर्णाली नदीमा लम्की चुहा नगरपालिका वडा नम्बर २ का जगन्नाथ धमलाका छोरा १४ वर्षीय चक्र धमला र सोही स्थानका राम प्रसाद धमलाका १० वर्षकी छोरी सर्मिला धमला बेपत्ता भएका हुन् ।

देउसी भैलो खेलेर जम्मा गरेको रकम लिएर पितमारी गएका उनीहरू बेपत्ता भएका हुन् । यस अघि दसैँको दोस्रो दिन असोज १५ गते कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारीमै कर्णाली नदीमा डुबेर टिकापुर नगरपालिका– ९ का ३० वर्षका मुकुन्द न्यौपाने र उहाँकै भतिजा २८ वर्षका रमेश न्यौपाने कर्णाली नदीमा डुबेर वेपत्ता भएका थिए । उनीहरू दुवै जनाको अहिले सम्म कुनै अत्तोपत्तो छैन ।

महिना दिन नबित्दै आज पिकनिक खान भनेर चिसापानी पुगेका डेढ दर्जन बसमा सवारहरुलाई पितमारी आसपास नजान भनेर प्रहरीले सम्झाएको कैलालीका प्रहरी उपरिक्षक जनकराज पाण्डेले जानकारी दिए । उनका अनुसार देउसी भैलो खेलेर आज चिसापानीमा मात्रै १५/१६ वटा बसमा मानिसहरू पिकनिक खान आएका थिए ।

असोज १५ गते मात्रै दुई जना बेपत्ता भएकाले प्रहरीले धेरैलाई त्यहाँ नजान भनेपनि धेरै जसो बसहरु त्यहाँ गएकाे प्रहरीले जनाएको छ । पितमारी पिकनिक स्पोटमा आज प्रहरी चौकी चिसापानीबाट प्रहरी समेट खटाईएकाे छ । तर, दुई जना बालबालिका बेपत्ता भएपछि, नेपाल प्रहरीको दुई वटा टिम र सशस्त्र प्रहरीले कर्णाली नदीमा उनीहरूको खोजी गरिरहेको छ । पितमारीको पिकनिक स्पोट आसपासमा कर्णाली नदीमा भंगालो भएको र त्यहाँ नुहाउन जाने पौडी सिकेका मानिसहरू पनि नदीमा बग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =