सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु
मकालु खबर
२०७६ माघ ७ गते
माघ ७, सप्तरी । सोमबार राती सप्तरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकल दुर्घटना हुँदा एक वडाध्यक्षको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा मोटर साइकल दुर्घटना हुँदा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार ३८ वर्षिय वडाध्यक्ष चौधरी सवार उक्त मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते वडाध्यक्षको उपचार कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा हुन नसकेपछि उनलाई राजविराज लैजाने क्रममा उनको बाटोमै मृत्यु नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।
मकालु खबर
२०७६ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित