सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

माघ ७, सप्तरी ।   सोमबार राती सप्तरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकल दुर्घटना हुँदा एक वडाध्यक्षको मृत्यु भएको छ । 

प्रहरीका अनुसार   सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा मोटर साइकल दुर्घटना हुँदा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो ।   

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार ३८ वर्षिय वडाध्यक्ष चौधरी सवार उक्त मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए ।   

गम्भिर घाईते वडाध्यक्षको उपचार  कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा हुन नसकेपछि उनलाई राजविराज लैजाने क्रममा उनको बाटोमै मृत्यु नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन् ।   

उनका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *