सलमान खानको ‘ब्राण्ड’ विक्रेता क्षेत्री पक्राउ

काठमाडौं, माघ ११ । बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारीक विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् ।

क्षेत्रीलाई बुधवार काठमाडौंको दरबारमार्गबाट नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टले बताए । उनले भने, ‘चेक बाउन्सको जाहेरी परेपछी नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले  बलिउड अभिनेता खानको ब्राण्ड ‘बिइङ ह्युमेन’मा लगानी गर्न भन्दै अन्य दुई जनाबाट करिब ३ करोड उठाएर ठगी गरेको प्रहरी स्रोतको भनाई छ । तर, पहिलो चरणमा १५ लाखको मात्र उजुरी परेपछी प्रहरीले उनलाई नियन्त्रणमा लिएर बैंकीङ कसुर मुद्धामा अनुसन्धान अगाडी बढाएको छ ।

पछिल्लो समय क्षेत्रिले नेपालमा बलिउड अभिनेता सलमान खान ल्याउने तयारी गरिरहेको बताईएको छ । उनले सामाजिक सञ्जालमा बलिउड अभिनेता खानसँगको फोटो पोष्ट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =