निर्माण व्यवसायी महासङ्घका अध्यक्षको गोली हानी हत्या

काठमाडौं,असोज २३ । अज्ञात समूहबाट गोली लागेर अचेत भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।  उनको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमै निधन भएको जानकारी गराइएको छ ।

अध्यक्ष गौचनको टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको प्रहरीले जानकारी गराएको छ । नयाँबानेश्वरको खरिबोटमा गोली प्रहार भएको थियो ।

अहिले घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । केही समयमै घटनाको विस्तृत विवरण आउने छ ।अज्ञात समूहले गोली हानेर फरार भएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =