रोनाल्डो विश्वकपपछि पहिलोपटक राष्ट्रिय जर्सीमा तर पोर्चुगल बराबरीमा रोकियो

एजेन्सी । युरोकप २०२० का लागि सुरुभएको छनौटमा साबिक विजेता पोर्चुगल बराबरीमा रोकिएको छ । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो राष्ट्रिय जर्सीमा मैदान फर्किएको पहिलो खेलमा पोर्चुगल गोल रहित बराबरीमा रोकिएको हो ।युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको समूह बी को खेलमा घरेलु टोली पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकिन बाध्य भएको हो । विश्वकप फुटबलमा अन्तिम १६ बाट बाहिरिएपछिका ६ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगल रोनाल्डो बिना मैदान उत्रिएको थियो । 

राष्ट्रिय जर्सीमा मैदान फर्किएका रोनाल्डोले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर युक्रेनका गोलरक्षक एन्ड्री पायटोभले रोनाल्डोका दुई प्रभावशाली प्रहारको सुन्दर बचाउ गरे । यस्तै उनले आन्द्रे सिल्भाको प्रहारलाई पनि गोल हुन दिएनन् ।लिस्बनमा भएको खेलमा पोर्चुगलले १८ पटक पोस्ट प्रहार गरेको थियो भने युक्रेनले मात्रै दुई पटक मात्रै पोस्ट प्रहार गर्न सकेको थियो । पोर्चुगलका विलियम काभाल्होले १६ औँ मिनेतमा हेडमार्फत गोल गरेका थिए, तर अफसाइड भएका कारण त्यसले मान्यता पाएन ।पोर्चुगलले आउँदो सोमबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहको शीर्ष दुईमा रहेका टिम युरोकप २०२० का लागि छनौट हुने छन् । तर पोर्चुगल यसरी जान नसके पनि नेशन्स लिगको सेमिफाइनलमा पुगेकाले उसले प्ले अफ खेल्न पाउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *