बिहानपख सेक्स गर्दा हुन्छ यस्ता फाइदा

 

जेठ २३ ।  यदि तपाईंसँग सोधियोस् कि सेक्स गर्ने बेस्ट समय कुन हो भने सायद तपाईंसँग यसको कुनै ठोस उत्तर नहोला । तर, हालै गरिएको एक अध्ययन अनुसार मर्निंग सेक्सलाई राम्रो मानिएको छ । 

किनकी बिहानको समय सेक्स गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउँछ । आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । 

null

उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् । तर, मर्निंग सेक्सको फाइदाबारे जानेर तपाईंपनि बिहानको समय नै सेक्स गर्न रुचाउनुहुन्छ होला । 

थकान पश्चात राति सुत्ने 

दिनभरको थकान र कामको शेड्यूलपछि राति सेक्सको बारेमा सोच्नु समस्या नै हुन सक्छ । त्यस कारण रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ । 

पार्टनरसँग बढ्छ निकटता 

युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार सेक्सको क्रममा अक्सिटसिन हार्माेन निस्कन्छ । जसले तपाईंको मूडलाई राम्रो बनाउने काम गर्छ । अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ । 

बिहान पुरुष हुन्छन् बढि उत्तेजित 

पुरुष रातभर आरामपछि बिहान बढि उत्तेजित हुने गर्छन् । बिहानको समय उनको टेस्टोस्टेरोनको मात्रा उच्च हुन्छ । यस्तोमा मर्निंग सेक्स उनका लागि बढि आनन्ददायी हुने गर्छ । 

बिहानको बोरिंग एक्सर्साइजलाई गरौं बाईबाई 

एक्सर्साइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार सेक्स गर्दा एक घन्टामा ३०० क्यालोरि बर्न हुन्छ ।  

यो हो बेस्ट समय 

अध्ययनमा सहभागि मानिसहरुले सेक्सका लागि बेस्ट समय बिहान साढे ७ लाई बताएका छन् । उनीहरुका अनुसार बिहान सेक्स गर्नाले उनको स्ट्रेस कम हुने र दिनभर मूड पनि राम्रो हुने गर्छ । (एजेन्सीको सहयोगमा) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =