प्रचण्डलाई नेता शर्माको आठ प्रश्न–‘बालकृष्ण ढुंगेललाई समाएर बुझाईन्छ कि रक्षा गरिन्छ ?’

काठमाडौँ, असोज १९। नेकपा एमालेसँग आगामी निर्वाचनमा तालमेलपश्चात् पार्टी एकीकरणका लागि जसरी माओवादी केन्द्रका अध्यक्ष दगुरिरहेका छन् तर कार्यकर्ताहरू भने पिरमा छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावी तालमेलमा एमाले–माओवादी केन्द्रबीच ६० र ४० को भाग बण्डामा सहमति हुँदा माओवादीका नेता–कार्यकर्ताहरू अबको दुई बाम एकताले निम्त्याउन सक्ने परिणामबारे चिन्तन मनन गर्न थालेका छन् ।

अहिले देखिएको राजनीतिक ध्रुविकरणले माओवादीलाई भन्दा एमालेलाई ऊर्जा थपेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरू जोड घटाउँतिर लागिपरेका छन् भने माओवादी केन्द्र एमालेमा विलय भएको निष्कर्ष समेत निकाल्न थालेका छन् । माओवादीको एेजेण्डाले देशमा परिवर्तन ल्यायो तर एमालेमा विलय भयो भन्ने माओवादी केन्द्रका एकथरि कार्यकर्ताहरूको तर्क रहेको छ ।

माओवादी केन्द्रका नेता कार्यकर्ताले दुई दलबीच चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने भइएपछि विभिन्न शङ्का, उपशंका र चिन्ता व्यक्त गरिरहेका बेला सचिवालय सदस्य नारायण शर्माले ८ ओटा प्रश्‍नको जवाफ नेतृत्वसँग मागेका छन् । नेतृत्वकर्तासँग उनले सोधेका प्रश्नहरू यस्ता छन् :

१. जनयुद्ध, जनयुद्ध नै रहन्छ कि आतंककारी गतिविधिमा दर्ज हुन्छ ?
२. जनयुद्धका सहिद, सहिद नै रहन्छ्न कि आतङ्कवादीमा दर्ज हुन्छ्न ?
३.अबको यात्रा समाजवाद हुन्छ कि सोसल डेमोक्रेसी ?
४. अब समाजवादको यात्रामा बल प्रयोगको समाजवादी सिद्धान्तले ठाउँ पाउँछ कि पाउँदैन ?
५. अबको समाजवादको मोडेल कस्तो हुनेछ ?
६. जनयुद्धकालिन मुद्दाले लखेटेर हैरान पारिएका बालकृष्ण ढुंगेलहरुलाई समाएर बुझाइन्छ कि रक्षा गरिन्छ ?
७. मधेसी दलित जनजाति आदिवासी र गरिबहरू को पहिचान के हुन्छ ?
८. मार्क्सवाद, लेनिनवाद, माओवाद मान्न पाइन्छ कि पाइदैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =