च्यातिएको मतपत्र मंगलबार सर्वोच्च पठाइने

असार, ११ भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १९ को च्यातिएको मतपत्र मंगलबार सर्वोच्च अदालत पठाइने भएको छ । सर्वोच्चले च्यातिएको मतपत्र एक साताभित्र झिकाउन आदेश दिएको थियो ।
मंगलबार बिहान सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, मतगणना स्थगित गरेको मुचुल्कालगायतका सामग्री लिएर जाने सहायक मतदान अधिकृत गम्भीर घिमिरेले बताए । उनले भने, ‘मंगलबार बिहान च्यातिएको मतपत्र लिएर हामी आफैँ जान्छौँ ।’ आइतबार भरतपुरमा आयोजित सर्वदलीय बैठकले मंगलबार बिहान च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गर्ने र सर्वोच्च लैजाने सहमति गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =