सोलुखुम्बुको सोताङ गाउँपालिकामा १३ घर पहिरोको उच्च जोखिममा

सोलुखुम्बु, असोज १७ । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं २ का १३ घर पहिरोको उच्च जोखिममा परेका छन स्थानिय चाम्खु खोल्साको कटान हुदै आएका तेमेदु गाउँमा २०७२ सालको भूकम्प पश्चात निरन्तर पहिरो बग्न थालेको स्थानियले बताएका छन् । केहि दिनदेखि निरन्तर बर्षाका कारण पहिरो बढ्दै गएपछि स्थानिय त्रसित बनेका छन ।

स्थानिय ईन्द्रकला राई,छलिलाल राई,धन रुपी राई र नैन बहादुर राईको घर नजिकै पहिरो पुगेको छ । दिउसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिरा चिरा भई बग्दै जाने गरेको छ । पहिरोको जोखिम न्युनिकरण तथा ब्यवस्थापनको लागि स्थानीयले सरोकारवालाहरुसँग सहयोगको माग गरेका छन् । यसैबीचसोलुखम्बुमा लेक लागेर एकजनाको मृत्यु भएको छ ।

माहाकुलुङ गाउपालीका–४, गुदेलका ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँच दिनअघि ट्रेकिङमा जानु भएका राई बिरामी पर्नु भएको थियो । उहाँलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा थाम्माकमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =