माेरङका निजी अस्पतालले मान्दैनन् सरकारी निर्णय

पुस ७, मोरङ । मोरङमा सञ्चालित ठुला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन्।  जनतालार्इ सवर्सुलभ रूपमा स्वास्थ्य सेवा दिनका लागि भनेर खाेलिएका निजी अस्पतालहरूले वेड चार्जमा मात्रै हज्जाराैं रूपैंया शुल्क ताेक्दा सामान्य आर्थिक अवस्था भएका जनता निजी अस्पतालमा जान सकिरहेका छैनन् । भने, अधिकांश निजी अस्पतालहरूले निःशुल्क स्वास्थ्य सेवा लागू गरेका छैनन् । सरकारले गत वर्षदेखि निजी स्वास्थ्य संस्थाले अनिवार्य १० प्रतिशत विरामीलार्इ निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने भनेपनि यहाँका अस्पतालहरूले टेरपुच्छर लाएका छैनन् ।

‘यहाँकाे लार्इफ गार्ड अस्पताल, विराट नर्सिङ हाेम, ग्रिनक्रस अस्पताल, अारके चिल्ड्रेन अस्पताल, गाेल्डेन अस्पतालले  सरकारले  जारी गरेकाे १० प्रतिशत जनतालार्इ निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम लागू गरेका छैनन’

विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा शैया शुल्क लिने गरेको देखिएपनि नियमनकारी निकाय माैन बसेकाे छ । पूर्वकाे विराटनगरमा सञ्चालनमा आएका धेरै निजी अस्पतालहरूले बिरामीबाट मनपरी शुल्क उठार्इहँदा जिल्ला स्थित स्वास्थ्य संस्थाहरूकाे नियमन गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका हाकीमहरू दिनभर कार्यालयमा घाम तापेर दिन कटाउँछन् ।

यहाँकाे लार्इफ गार्ड अस्पताल, विराट नर्सिङ हाेम, ग्रिनक्रस अस्पताल, अारके चिल्ड्रेन अस्पताल, गाेल्डेन अस्पतालले  सरकारले  जारी गरेकाे १० प्रतिशत जनतालार्इ निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम लागू गरेका छैनन् । भने, सामान्य उपचारका लागि आएका बिरामीबाट समेत मनपरी शुल्क असुल गर्दै आइरहेका छन् ।

बिहीबार लार्इफ गार्ड अस्पतालमा ११ वर्षीय छाेरालार्इ सामान्य रूघाखाेकी ज्वराे आएर जचाउँन आएका विराटनगर बरगाछीका मदन कुमार अधिकारीले विशेषज्ञ सेवा भन्दै अस्पतालले ब्लड, दिशा पिसाब समेत चेक जाँच गराएर सात हजार बढिकाे विल थमार्इदिएकाे बताए । उनले आफूले यत्राे चेकजाँच किन गर्नु भनेर साेध्दा डाक्टरले लगातार रूघाखाेकी लाग्नुकाे कारण पत्ता नलगार्इ एन्टिबायाेटिक दिन नमिल्ने भन्दै स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेकाे जिकिर गरे । ‘मैले सामान्य रूघा खाेकी हाेला भनेर जनरल

डाक्टरलार्इ देखाउन ल्याएकाे उनीहरूले विषेशज्ञलार्इ नै देखाउन दबाब दिए ।’ उनले भने । अस्पतालले सामान्य बेड शुल्क एक हजार, डिलक्स तीन हजार र आइसियुमा छ हजार बेड शुल्क लिने गरेको छ । अस्पतालमा निःशुल्क सेवा अंकित शैया समेत देखार्इएकाे छैन ।

न्यूराे सेवाका लागि पूर्वाञ्चलमै नाम कमाएकाे न्यूराे अस्पतालमा  सामान्य आर्थिक अवस्था भएका विरामीकाे पहुँच कमै हुन्छ । याे अस्पतालले पनि १० प्रतिशत विरामीलार्इ निःशुल्क स्वास्थ्य सेवा दिएकाे छैन । अस्पताल प्रशासनका एक कर्मचारीले न्यूराे सेवा महंगाे उपचार सेवा भएकाेले अस्पतालले केही सेवाहरूमा सुविधा दिएकाे बताए । उनले व्यवस्थापनले कुनै विरामीलार्इ निःशुल्क उपचार गर्नु नभनेसम्म काेहि आएर मसँग उपचार गर्न पैसा छैन भन्छ भनेपनि उपचार दिन नसकिने जिकिर गरे । न्यूरो अस्पतालमा  सामान्य वेडचार्ज पनि न्यूनतम आठ सय रहेकाे छ । यहाँ एक दिन बिरामी राखेको ८ सय देखि दुई हजारसम्म शुःल्क लाग्छ भने, सामान्य क्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुको दैनिक छ हजार शैया शुल्क लिने गरेको छ ।

 माेरङकाे विराट नर्सिङ होम पनि महंगाे अस्पताल हाे । याे अस्पतालले पनि सरकारी नितीकाे खिल्ली उडाएकाे छ । उपचारका लागि अाउका विरामीकाे १० प्रतिशत विरामीलार्इ उपचार गरेकाे देखाउन विराट नर्सिङ हाेमले नक्कली डकुमेण्ट बनाउने गरेकाे स्राेतकाे दाबी छ । स्राेतका अनुसार अस्पताल प्रशासनले सरकारी निकायलार्इ बुझाउने विवरणहरू छानबिन गर्ने हाे भने, ९० प्रतिशत नक्कली बिरामी फेला पर्छन् । यहाँ सामान्य बेड शुल्क एक हजार २ सय ५०, डिलक्स दुई हजार ७ सय ७५ र सुपर डिलक्स तीन हजार ८ सय ८० रूपैंया  प्रतिदिन शैया शुल्क लिने गरेको छ । यहाँ आइसियुको दैनिक छ हजार शुल्क लिने गरिएकाे छ।

यस्तै विराटनगरकै ग्रिनक्रस अस्पतालले पनि सरकारी मापदण्डलार्इ उलंघन गरेकाे छ । स्वास्थ्यमन्त्री गगन थापाकाे पालामा ल्याइएकाे १० प्रतिशत मापदण्ड पुरा गरेकाे छैन । अस्पताल स्राेतका अनुसार यहाँ  सामान्य शैया एक हजार ५० देखि दुई हजार ५ सय सम्म शुल्क छ ।  अस्पतालले आइसियुमा दैनिक सात हजार शुल्क लिने गरेको छ ।

 विराटनगर  स्थित नाेबेल अस्पतालमा भने, अन्य  निजी अस्पतालकाे तुलनामा बेड शुल्क कम रहेकाे देखिएकाे छ । अस्पतालका निर्देशक नारायण दाहालका अनुसार सामान्य शैयाको ३ सय ५० देखि एक हजार, आइसियु तीन हजार ५ सय र एनआइसियुको चार हजार ५ सय लिने गरेको छ । निर्देशक दाहालले अस्पतालले सरकारी मापदण्ड भन्दा बढी सेवा ग्राहीलार्इ निःशुल्क स्वास्थ्य सेवा दिर्इरहेकाे दाबी गरे ।

‘सुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा असहाय बिरामीलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ’

 जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयन हुन नसकेकाे जिकिर गरे । कार्यालयका एक कर्मचारीले निजी अस्पतालहरूले कसरी शुल्क उठार्इरहेका छन् भने, कार्यालयका हाकिमहरूले कहिल्लै अनुगमन नगरेकाे बताए । नाम नबताउने सर्तमा उनले स्वास्थ्य संस्था निरिक्षकहरू अस्पताल निरक्षणमा नगर्इकनै भत्ता पचाउँछन् भने, केही माथिल्ला तहका अधिकृतहरूले निजी अस्पतालहरूबाट मासिक नजराना समेत लिने गरेका छन् । ‘खै सर, म यहाँ जागिर खान थालेकाे ५–७ वर्ष भयाे, साबहरूले अस्पताल हेर्न भनेर गएकाे थाहा छैन । कति अस्पतालले यहीँ आएर फायल बुझाउँछन् ।’ उनले भने ।

माेरङमा सरकारी अस्पतालका रूपमा काेशी अञ्चल अस्पताल, जिल्ला अस्पताल रहेका छन् । तर, यी अस्पतालका अधिकांश चिकित्सकहरू अस्पतालमा कम निजी क्लिनिकमा धेरै समय दिन्छन् । सरकारी चिकित्सक निजी क्लिनिकमा ब्यस्त हुँदा सामान्य अार्थिक अवस्था भएका विरामीलार्इ  उपचारमा समस्या परेकाे छ । सुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा विपन्न, बेवारिसे, असहाय बिरामीलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ । यति मात्रै होइन, यसको अभिलेख राख्ने र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भएपनि अधिकांश निजी अस्पतालले निर्देशिका पालना गरेका छैनन् ।

 स्वास्थ्य मन्त्रालयले  गत पुष १ गतेदेखि सम्पूर्ण अस्पताललाई अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको  थियाे । निजी अस्पतालको १० प्रतिशत निःशुल्क उपचार सेवाग्राहीमा विपन्न, वेवारिसे र असहाय नागरिक पर्दछन् । सेवा लिनका लागि गाउँपालिका वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडौंको हकमा वीर अस्पतालको सिफारिस चाहिने ब्यवस्था  भएपनि कतिपय सेवाग्राही झण्झटिलाे प्रकृयाका कारण सेवा नै लिन चाहँदैनन् । निःशुल्क उपचार सेवा अन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला शुल्क, शैया शुल्क, नर्सिङ शुल्क, अस्पतालमा उपलब्ध डाइग्नोष्टिक शुल्क र अक्सिजन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =