महेन्द्रपुलचोकको स्मार्ट आइल्याण्ड ट्रकको ठक्करबाट ढल्यो

कात्तिक २, पाेखरा । पोखराको मुख्यबजार महेन्द्रपुलमा रहेको स्मार्ट आइल्याण्ड ढलेको छ । महेन्द्रपुल चोकको बिच भागमा राखिएको स्मार्ट आइल्याण्डलाई ना १ क ३७४३ नम्बरको ट्रकले ठक्कर दिँदा ढलेको हो । यसबाट अन्य कुनै भौतिक र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाले पोखरामा बढ्दो सवारी चापका कारण ट्राफिक जाम बढ्न थालेपछि मुख्यचोकमा रहेका भद्धा र ठुला आईल्याण्ड हटाउने र केही स्थानहरुमा साना स्मार्ट आइल्याण्ड बनाउने अभियान चलाएको छ । अहिले पोखराका विभिन्न स्थानहरुमा आठ वटा स्मार्ट आइल्याण्ड निर्माण गरेको छ । महेन्द्रपुलमा ढालिएको आईल्याण्ड महानगरपालिकाले एक हप्ता अघिमात्र बनाएको थियो ।

पोखरामा बढ्दो सवारीचापका कारण सडकहरु साँघुरा भएकाले सडकका बिच भागहरूमा कुनै पनि सालिक र आइल्याण्ड राख्न नहुने महेन्द्रपुलका स्थानीय विनोद बास्तोलाले बताए । सडक साँघुरो हुँदाहुदै मुख्यचोकमा महानगरपालिकाले आइल्याण्ड राखेका कारण ट्रकले ठक्कर दिएको उनले बताए । ‘सवारीका साधन धेरै छन्, सडक साँधुरो छ, त्यहीमाथि फेरी बिच सडकमा महानगरपालिकाले आइल्याण्ड बनाएको छ, अनि दुर्घटना त हुने नै भयो नि’, बास्तोलाले भने । ‘अब, पोखराका कुनै पनि सडकहरुमा सालिक र आइल्याण्ड राख्नै हुँदैन ।’

आइल्याण्डलाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =