जेब्राक्रसमा ठक्कर दिने टिपरमा आगो लगाइयो
२०७४ जेठ १५ गते

वुटवल, माघ ११ । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरमा जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिने टिपर स्थानीयले जलाईदिएका छन् । ठक्करबाट तिलोत्तमा २ की ८९ वर्षीय बिष्णुकुमारी भट्टराईको ज्यान गएपछि आक्रोसित स्थानीयले ठक्कर दिने टिपर जलाइदिएका छन् भने अन्य ३ वटा टिपरमा तोडफोड गरेका छन् ।
प्रहरीका अनुसार जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको टिपरले ठक्कर दिएको हो ।

जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकी नगर तनावग्रस्त बनेको छ ।
स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








