कञ्चनपुर ३ मा २५८, ६३ र १६१ मतले हारे कांग्रेसका उम्मेदवार

कञ्चनपुर, मंसिर २६ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा झिनो मतअन्तरले वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका दीपकप्रकाश भट्ट नेपाली कांग्रेसका रमेश लेखकलाई २ सय ५८ ले पछि पार्दै प्रतिनिधिसभा सदस्यामा विजयी हुनुभएको हो ।

विजयी भएका भट्टले २६ हजार ३ सय ६४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लेखकले २६ हजार १ सय ६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा जस्तै प्रदेशसभाका दुवै सिटीमा पनि नेपाली कांग्रेसका उम्मेदवार झिनो मतअन्तरले पराजित भएका छन् । प्रदेशसभा ‘क’ मा एमालेका प्रकाश रावलले नेपाली कांग्रेसका यज्ञराज जोशीलाई ६३ मतले पछि पार्दै जित निकाल्नु भएको छ । रावलले १२ हजार ८ सय १७ तथा जोशीले १२ हजार ७ सय ५४ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका मानबहादुर सुनारले नेपाली कांग्रेसका बेलबहादुर राना मगरलाई एक सय ६१ मतले पछि पार्दै जित निकाल्नु भएको छ । माओवादीका सुनारले १३ हजार ७ सय तथा कांग्रेसका मगरले १३ हजार ५ सय ३९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =