आफ्नै कामदारमाथि सञ्चालकको यौन दुर्व्यवहार

साउन २६, धरान । प्रहरीले धरान ३ गौधारास्थित शना मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै कर्मचारीलाई बिरामी उपचार गर्ने कक्षमा लगेर ‘आशय करणी’ गर्न खोजेको अभियोगमा सञ्चालक हैदर खानलार्इ प्रहरीले पक्राउ गरेको हो । खानकै मेडिकलमा कार्यरत युवतीले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय उनलार्इ पक्राउ गरेको हो ।

युवतीले दिएको बयान अनुसार, खानले मेडिकल हलकै अर्को कोठामा लगेर ‘म जे भन्छु, त्यो तिमीले मान्नु । मैले भनेका कुरा अरू कसैलाई नभन्नु । यति मान्यौ भने तिम्रो जीवन बन्छ’ भन्दै यौन सम्बन्ध राख्न घुमाउरो शैलीमा फकाउने प्रयास गरेको प्रहरी निरीक्षकले बताए । साथै के हुरा हो खुलस्त भन्नुस् भनेर युवतीले भन्दा, हातको इसाराले युवतीलाई कपडा खोल्न लगाएका थिए ।

यति भए पश्चात्, युवतीले परिवारका सदस्यलाई मेडिकल सञ्चालक खानको नियत सफा नदेखेको र त्यहाँ काम नगर्ने बताएपछि खानविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएको थिए । धरानमा करिब डेढदशकदेखि मेडिकल हल सञ्चालन गर्दै आएका खानले आफूले कुनै पनि त्यस्ता खाल्का गतिविधि नगरेको दाबी गरे । उनले भने, ‘मलाई फसाउन आरोप लगाएको मात्रै हो । तर, मैले त्यस्तो गलत गतिविधि गरेको छैन ।’

मेडिकल हल नजिकैका अधिकांश स्थानीयवासीले खानले यसअघि पनि तीन/चारजना युवतीहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको बताए । खानको परिवार धरान-३ मा सिलाई कटाई गर्दै आइरहेको छ । हिरासतका रहेका खानमाथि थप अनुसन्धान गर्न प्रहरीले बिहीबार नै म्याद थप गरेको छ । उनलाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरीको अनुसन्धन अनुसार प्रमुख जिल्ला अधिकारीले खानलाई दण्ड जरिवाना दिने छन् । प्रहरीले खान मेडिकल हल सञ्चालन गर्न योग्य स्वास्थ्यकर्मी भए, नभएको र औषधि व्यवस्था विभागमा दर्ता भए नभएको पनि अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =