ढुंगाले लागेर दाङमा एक महिलाको मृत्यु
२०७४ जेठ १५ गते

दाङ, माघ ६ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ ।
स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








