दैलेखमा बस दुर्घटना १३ को मृत्यु डेढ दर्जन घाइते


असार १, २०७४ । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको आठवीस नगरपालिका ४ मा नैनालमा दुर्घटना भएको छ ।
ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । भने १८ जना धाइते भएका छन् । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरुष, ६ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी र डिएसपी सहितको टोली घटना स्थल पुगेको छ ।
बस करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।
दुर्घटनामा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।








