क्यान्सर पीडित छोराको लागी सहयोगको अपिल

सल्यान, पुस २१ । छोराको बाँया खुट्टामा क्यान्सर भएपछि सल्यानका पट वहादुर वुढाथोकीले आफुलाई सहयोगको अपिल गर्नुभएको छ । जिल्लाको दार्मा गाँउपालीका वडा ३ झुलेली वस्ने पट वहादुर वुढाथोकीले १४ बर्षिय छोरा कमल वुढाथोकीको वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारका सहयोगको लागि आग्रह गर्नु भएको हो ।

बुढाथोकीलाई उपचारका लागि पाँच लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन हुन उहाँले आग्रह गर्नुभएको छ । छोराको वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा अप्रेसन भई अहिलेसम्म दश लाख खर्च भैसकेको बताउनु भएको छ ।

उहाँले पैसाको अभाव भएपछि अहिले छोरा घरमै उपचारको अभावमा छटपटाईरहेको बताउनु भएको छ । २०७३ को फागुनमा क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यान्सर रोग पत्ता लागीसके पछि बुढाथोकीको छोराको खुट्टा काटिएको थियो ।

उहाँले आफु छोराको निरन्तर उपचारमा लागीरहेको बताउनुभयो । उपचार गर्दा गर्दै आफु सँग भएको दश लाख रुपैंया सकिएको र अब ५ लाख लाग्ने भएकाले आफुसँग त्यो पैसा नभएको उहाँले बताउनुभयो ।

उहाँले सहयोग गर्न चाहने ईच्छुक समुह, संस्था, वा ब्यक्तिलाई लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ उफलब्ध गराउनुभएको छ । साथै ९८२२८०३४१८ मा सम्पर्क गर्न सकिने पनि उहाँले बताउनुभएको छ । उहाँले आफ्नो छोराको उपचारमा सहयोग गरीदिनु हुन देश तथा विदेशमा रहनु भएका सम्पुर्णले आफनो सक्दो सहयोग गर्न अपिल पनि गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =