सुकुम्बासी समस्या समाधान गर्न धरानमा समिति

भरतराज शर्मा, धरान । धरान उपमहानगरपालिकाले धरानका सुकुम्बासीहरुको व्यवस्थापन गर्न ७ सदस्य अव्यवस्थित बसोबास व्यवस्थापन समिति गठन गरेको छ । नगर कार्यपालिकाका सदस्य हिरादेबी राईको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको नगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले जानकारी दिए ।

समितिमा धरान–१५ का वडा सदस्य ज्ञानेन्द्र बस्नेत, नेपाल बसोबास बस्ती समाजका कुमार कार्की, सिता मगर र हरि कार्की रहेका छन् । दुई सदस्य पछि थप गर्ने गरी समिति गठन भएको हो । समितिले धरानको सुकुम्बासी समस्यालाई समाधान गर्न आवश्यक अध्यन गरी नगर कार्यपालिकालाई बुझाउने र त्यस अनुसार नै सुकुम्बासीको व्यवस्थापन गर्ने धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले जानकारी दिए ।

लामो समयदेखि चुनौतीको रूपमा रहेको सुकुम्बासी समस्यालाई अब व्यवस्थापन गर्ने कार्यको थालिनी गरेका छौ प्रमुख सुब्बाले भने, अब यस सम्बन्धी कानुन समेत निर्माण गरेर सुकुम्बासी बस्तीहरुलाई नमुना बस्तीको रूपमा विकास गर्नेछाै । कार्यपालिकाका सदस्य सुवास राईको संयोजकत्वमा पछि दुई सदस्य थप गर्ने गरी ९ सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यहरूमा धरान १६ का वडा सदस्य सतिस केसी, धरान १९ का वडा सदस्य राजकुमार राई, धनबहादुर राई, प्रताप तामाङ, नवीन मादेन र राजेन्द्र गुरुङ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =