दीर्घकालिन राष्ट्रिय हितका बिषयमा जानकारी गराउन सरकारलाई संसदको निर्देशन

काठमाडौं, भदौ १९ सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको दीर्घकालिन राष्ट्रिय हित लगायत समसामयिक विषयमा उठाएका सवालबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

आज बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकमा सरकारले नेपालको दीर्घकालिन राष्ट्रिय हित विपरित काम गरेको, प्रशासनलाई स्वईच्छाचारी ढंगले चलाएको, निर्वाचन आचार संहितको उलंघन गरेको, ठूलाठूला भ्रष्टाचारका घटनालाई ढाकछोप गरेको लगायत आरोप लगाउदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ माग गरेपछि सभामुख घर्तीले सरकारको नाममा रुलिङ गर्नुभएको हो ।

बैठक सुरु भए लगत्तै समय मागेर एमाले सांसद भीम रावलले संविधान संसोधनबारे प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्ति, कर्मचारी सरुवा लगायत विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो । त्यस लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले अर्को बैठकमा त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =