धरानमा मेयरकप स्कूल ओलम्पिक हुने

धरान, माघ २२ । सुनसरीको धरानमा मेयरकप स्कूल ओलम्पिक हुने भएको छ । आयोजक नगर खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरी ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

धरानभरिका २ हजार ३ सय ६६ खेलाडी सहभागी हुने ओलम्पिकमा १० ओटा खेल हुने भएका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्कुल ओलम्पिकमा धरानका निजी तथा सामुदायीक विद्यालयका कक्षा १० सम्मका बिद्यार्थीहरु सहभागि हुने छन् ।

कार्यक्रममा बोल्दै धरान उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले स्कुल ओलम्पिक धरानको गौरवको प्रतियोगिता भएको बताए ।

नेपालका अन्य स्थानीय सरकार भन्दा धरान सरकारले खेलकुदलाई बिषेश प्राथमिकता दिएको पनि उनले बताए । स्कुल ओलम्पिक नेपालमै पहिलो पटक स्थानीय तहले आयोजना गरेको प्रमुख प्रशासकिय अधिकृत तिम्सीनाले जानकारी दिए ।

यस्तै धरान नगर खेलकुद बिकास समितीका अध्यक्ष सुवास राईले प्रतियोगितामा एथलेष्टिक, बास्केटबल, भलिबल, तोक्वाण्डो, कराते, ब्याडमिण्डन, टेवलटेनिस, फुटवल, क्रिकेट र बुद्धिचाल प्रतियोगिता हुने जानकारी दिए ।

सम्पुर्ण खेलमा छात्र तथा छात्राको पनि सहभागिता हुने उनले बताए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुद्धिचाल प्रतियोगितामा ३६ विद्यालयका ३६ खेलाडि, बास्केटबलमा २२ विद्यालयका ३ सय ३० खेलाडि, भलिबलमा २५ बिद्यालयका ३ सय ३८, तेक्वान्दोमा १७ विद्यालयका ७८ विद्यार्थी, ब्याडमिण्टनमा ३३ विद्यालयका १सय ७१ विद्यार्थी, टेवल टेनिसमा ३० विद्यालयका ९३ विद्यार्थी, फुटवल (छात्र)मा ४५ विद्यालयका ८ सय १० विद्यार्थी, क्रिकेटमा ११ विद्यालयका १ सय ५४ विद्यार्थी, र एथलेटिक्सका सात वटा खेलमा ४४ वटा विद्यालयका ३ सय ३५ विद्यार्थी सहभागि हुनेछन् ।

प्रतियोगिताका बिजेताले मेडल सहित पुरस्कार प्राप्त गर्ने नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =