दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरूको उम्मेदवारी दर्ता

नेपालगन्ज । नेपालगन्जमा स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् । दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ । बाँकेका ८ वटै स्थानीय तहमा कांग्रेस, एमाले लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराइरहेका छन् । सबै भन्दा पहिले नेपाली कांग्रेस बाँकेका तर्फबाट विभिन्न पदका उम्मेदवाहरुले आज नेपालगञ्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडिया र उपमेयर पदका उम्मेदवार उमा थापामगर सहित २३ वडाका वडाध्यक्ष सहितका सदस्य पदका उम्मेदवारहरुले आज बिहान साढे ११ बजे उम्मेदवारी मनोनयन गरेका हुन् ।

Displaying vlcsnap-0054-12-01-04h13m16s101.png

मेयरका उम्मेदवार डा. कानोडियाको प्रस्तावकमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपालगन्जका पूर्व उपमेयर सुरेन्द्र हमाल र समर्थकमा मुस्लिम सङ्घ बाँकेका पूर्व अध्यक्ष मोहमद कादिर जोलाह रही उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै उपमेयरको प्रस्तावकमा कांग्रेस नेतृ भारती जोशी र समर्थकमा महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य सुदिप नरसिङ्ग राणाको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उम्मेदवारी दर्ता गर्नु अघि नेपाली कांग्रेस बाँके पार्टी कार्यालयमा शुभकार्यका लागि पुजाआजा गरिएको थियो । कांग्रेसको झन्डा, चुनाव चिन्ह रुख अंकति झन्डा, लगाएका हजारौँ नेता, कार्यकर्ता सहित पार्टी कार्यालयबाट भव्य ¥याली निकालीएको थियो । उम्मेदवार सहितको उत्साहपूर्ण भव्य ¥यालीले विपि चोक , त्रिभुवन चोक, जिल्ला प्रशासन सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको नेपाली काँग्रेस बाँकेले जनाएको छ । नेपाली काँग्रेसको ¥यालीमा हजारौँको सहभागिता रहेको थियो भने कयौँ स्थानीयले ल्यालीलाई स्वागत गर्दै शुभकामना दिएका थिए । मनोनयन दर्ता लगत्तै रामलिला मैदानमा आयोजित सभामा मेयरका उम्मेदवार डा सुरेश कनोडियाले राजनितिक निकास कांग्रेस विना सम्भव नभएको भन्दै मधेसी, पहाडी, मुस्लिम, आदिवासीलाई एक ढिक्का बनाएर लैजान सक्ने क्षमता कांग्रस र कांग्रसको नेतृत्वमा रहेको बताउनु भयो । उप मेयर उम्मेदवार उमा थापाले समग्र विकास र सबैको हितका लागि कांग्रेस नै उपयुक्त र भरपर्दो पार्टी भएकाले निर्धक रुपमा मतदान गर्न आवहान गर्नुभयो । हजारौँको मास रहेको समारोहमा कांग्रेस सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि एवं पूर्व उपमेयर सुरेन्द्र हमाल, कांग्रेस बाँके सचिव तप्त पौडेल लगायतले कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन अपिल गरेका थिए ।

त्यस्तै, एमालेले उम्मेदवारी दर्ताका क्रममा शक्ति प्रर्दशन गरेको छ । उसले पनि दलवल सहित मेयरमा समसुद्दिन सिद्धिकी र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको हो । त्यसैगरि नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।  माओवादी केन्द्रका तर्फबाट दामोदर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. धवल शमशेर राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै, मधेशबादी दलहरुबाट सङ्घीय समाजवादी फोरमका तर्फबाट कमरुद्धिन राई, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट ऋतु सिंह शाहीले उम्मेदवारी दिनुभएको छ । अन्य साना राजनीतिक दलहरूका तर्फबाट पनि उम्मेदवारी परेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र केही स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी मनोनयन गराएका छन् । यसअधि चुनावको विरोधमा आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपाल भने उम्मेदवारी दर्ताको दिन कतै देखा परेको छैन । बाँकेमा शान्त र म¥यादित वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

Displaying vlcsnap-7210-03-15-01h42m34s387.png

त्यस्तै बाँकेकै कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट भानुभक्त भटराई, नेकपा एमाले बाट लुटवहादुर रावत, माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने राष्ट्रिय जनमोर्चाबाट बालकुमारी आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै बाँकेको खजुरा गाउँपालिकामा पनि बाजागाजाका साथ मनोनयन दर्ता गरिएको छ । खजुरा गाउँपालिकामा एमालेका तर्फबाट किस्मत कुमार कक्षपती, माओवादी केन्द्रका तर्फबाड डम्मर बिकले उम्मेदवारी दिनुभएको छ । तर उम्मेदवारी छनोटमा अन्याए गरेको भन्दै नेपाली काँग्रेसको आपसी विवादका कारण अहिले सम्म नेपाली काँग्रेसको भने मनोनयन हुन सकेको छैन । त्यस्तै राप्रपाबाट तेजबिक्रम शाह, राष्ट्रिय जनमोर्चाबाट मोमिना खातुनको उम्मेदवारी मनोनयन गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटै गाउँपालिकामा मनोनयन प्रक्रिया शान्तपुर्ण वातावरणमा सम्पन्न भएको क्षेत्रीय निर्वाचन कार्यालय बाँकेले जनाएको छ । बाँकेका सबै क्षेत्रमा कुनै अप्रिय अवस्था हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ । सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालीकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =