रेष्टुरेन्टबाट एक जोडी यौनकर्मी पक्राउ

भरतराज शर्मा(गोपाल), सुनसरी । धरान १३ शिवधारामा स्थित जी के रेष्टुरेन्टबाट एक जोडी यौनकर्मीलाई स्थानीय टोल सुधार समितिले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । आज बिहान धरान १३ का टोल सुधार समिति तथा आमा समूहको सक्रियतामा याैनकर्मीलार्इ पक्राउ गरी बुझाईएको हो ।

यौनकर्मीको रूपमा रहेकी रेश्मा राई तथा सुवास राईलाई सो टोल सुधार समितिले पक्राउ गरी बुझाएको स्थानीय टोल सुधार समितिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । राईका अनुसार होटलहरुमा दिनदहाडै अनैतीक क्रियाकलाप भइरहेको थाहा पाएर १ हप्ता अगाडी ती यौनकर्मीहरुलाई चेतावनी दिएपनि तिनीहरूले अटेरी गरी त्यस्ता क्रियाकलापमा लागेकाले बाध्य भएर पक्राउ गर्नु परेको बताउनु भयो ।

राईका अनुसार राईद्धय घर भाडा लिई रेष्टुरेन्टका नाममा यौनधन्दा चलाइरहेको र ती क्रियाकलापले समाजमा समेत नकारात्मक असर परेकाले समितिको सक्रियतामा यस्तो कदम चालिएको बताए । साथै, राईले धरान १३ मा यस्ता क्रियाकलाप अन्य विभिन्न होटलका नाममा भईरहेकाले अन्यलाई समेत प्रहरीको सक्रियतामा निगरानी बढाईने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =