त्रिशूलीमा युवक बेपत्ता

नुवाकोट, भदौ २३ । विदुर–५ देवीघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नपा–२ का २० वर्षीय टीकाराम तामाङ शुक्रबार बेपत्ता भएका छन् ।

गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा जाँदा बेपत्ता भएका हुन् ।

तामाङसहित पाँच जना त्रिशूली नदीमा नुहाउन गएकामा चार जना भने सकुशल छन् । बेपत्ता तामाङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =