मन्त्रीमण्डल फेरि विस्तार, दुई मन्त्री थपिए, आजै सपथ ग्रहण

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्नुभएको हो ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त हुनु भएको छ । दुबै राज्यमन्त्रीले आज नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिनु भएको छ । यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =