अपडेट– अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ को मृत्यु
२०७४ जेठ १५ गते

मंसिर१३, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








