बम प्रहार गरेको आरोपमा ३० जना पक्राउ
२०७४ जेठ १५ गते

मंसिर १८, काठमाडौं । गगन थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार थापामाथि सोमबार दिउँसो चपली हाइटमा बम प्रहार भएको थियो ।
बम प्रहारबाट थापासहित ११ जना घाइते भएका छन् । घाइते भएका थापा उपचारपछि घर फर्किसकेका छन्।
राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी जोशीले भने, ‘बम विस्फोटमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।‘
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








