सवारी चालकहरु आतंकित !

“
धरान, भदौँ ३१ । नेपालीहरूको महान् चाडवाड नजिकिदै गर्दा पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले भने ठाउँ ठाउँमा चेकिङ राखेर दुःख दिने गरेको सवारी चालकहरुले बताउने गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्न नसक्ने ट्राफिक प्रहरीले जरिवाना काट्ने नियतले मात्र सडकमा चेकिङ भइरहेको उनीहरूको आरोप छ ।
सरकारी पक्षको फितलो अनुगमनको कारण अहिले सार्वजनिक यातायातका साधनहरुले सर्वसाधरणहरुलाई ठग्दा मौन बस्ने ट्राफिक प्रहरी भने सर्वसाधरणबाट जरीवना असुल्न मात्र व्यस्त भएको इटहरीका स्थानीय मदन चुडालले बताए ।
ट्राफिकको चेकिङ दसैँ तिहारमा असुल्ने माध्याम मात्र भयो दिगो समस्याको सामधान खोजिएन उनले भने । अहिले कमाउधन्दाको लागी जथाभावी चेकिङ भइरहेको छ उनले थपे ।
अहिले दशैको चहलपहल सुरु हुँदा बसमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने,भाडा धेरै लिने,नजिकका यात्रुहरु नहाल्ने गरेको भए पनि ट्राफिक प्रहरीले भने सर्वसाधरणलाई राजश्व कटाउँन मात्र ध्यान दिने गरेको उद्योग वाणिज्य सङ्घ झुम्काका अध्यक्ष सगेन चौधरीले बताए ।
उनले चेकिङ नियम अनुसार भए पनि बाटैमा जरीवना काट्ने सिस्टम हटाउँन उनको माग छ । गल्ती गर्नेलाई कार्वार्ही र जरीवना कार्यलयमा काट्नु पर्छ मनलागी जरीवना काट्न अन्त्य हुनु पर्ने उनको भनाई थियो ।
“








