प्रदेश प्रमुख नियुक्त नभए आयोग आँफै अघि बढ्छ : यादव

काठमाडौँ, माघ १ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन् । विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यसले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणाा व्यक्त गरे ।

आयुक्त यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढाउन बाध्य हुने चेतावनी दिए ।

यसै बिच सरकारले प्रदेश प्रमुख नियुक्त गर्न ढिलाई गरेपछि राष्ट्रिय सभा सदस्य निर्वाचन नै प्रभावित हुने भन्दै निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि बोलाएको छ । प्रदेश प्रमुख नियुक्त नहुदा राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने मतदाता नामावली तयार पार्न अन्यौलमा रहेको आयोगले भोली दलहरुलाई छलफलका लागि बोलाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =