सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

इनरुवा, ६ कात्तिक । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा २०६५/६६ मा दर्ता भएका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको हो ।

अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन गरिरहेका छन् ।

यहाँका विद्यालय विद्यार्थी लक्षित नभएर व्यक्तिगत स्वार्थका लागि खुलेकाले यति बेला समस्यामा परेको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =