गुल्मीका माझीहरु सुरक्षा खोज्दै प्रजिअ कार्यालयमा

पुस ८, गुल्मी । गुल्मीको दरबार गाउँपालिका वलिथुममा बसोबास गर्ने माझीहरु न्याय खोज्दै सदरमुकाम तम्घासमा गएका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मासँग न्यायका लागि अपिल गरेका छन् ।

स्थानीय लोकबहादुर राकसकोटी, कमल थापा लगायतका व्यक्तिहरुले आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरीसमेत दिएका माझीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको समेत माग गरेका छन् ।

पुर्व सांसद चन्द्र भण्डारीको पहलमा वन्न लागेको माझी बस्ती र विद्यालय भवनको निर्माण कार्यमा समेत आफुलाई कुटपिट गर्नेहरुले अवरोध गरेको माझीहरुले बताएका छन् ।

वलिथुमबाट आएका ४० जनाभन्दा बढी माझीहरूको कुरा सुनेपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले दोषीहरुलाई कारबाही गरिने र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने आश्वासन दिए पछि माझीहरु घर फर्किएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले माझीगाउँमा भएको घटनाको छानबिन गरी दोषीहरुलाई कारवाही गर्नको लागि माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =