कालिकोट नरहरीनाथ गाउपालिको ८ र ९ वडा वालविवाह मुक्त

कालिकोट, भदौ २९ । कालिकोटको साविकको गाबिस लालु गाविसलाई वालविवाह मुक्त तथा पुर्ण साक्षर गाबिस घोषणा गरिएको छ । नरहरीनाथ गाउपालिका वडा नं ८ र ९ साविकको लालु गाबिसलाई एक औपाचारिक कार्यक्रमको घोषणा गरि वालविवाह मुक्त, पुर्ण साक्षर, पुर्ण जन्मदर्ता तथा पुर्ण खोप युक्त क्षेत्र घोषणा गरिएको हो ।

यस्तै ८ र ९ वडालाई बिद्यालयमा कुनै पनि राजनितिक गतिविधि नगर्ने र बिद्यालयको नियममा रहेर पठन पाठन गर्ने लगाएतका १३ वुद्धे प्रतिवद्धता पत्रमा सबैले हस्ताक्षर पनि गरिएको छ । बिद्यालय उमेरका वालवालिका सबै बिद्यालयमा भर्ना भएको, सबै वालवालिकाले सबै प्रकारका खोपहरु पाएको र जन्मदै वडा पालिकामा आएर जन्मदर्ता गराउने नागरिकहरु अग्रसर भएपछि गाउपालिकाका वडा नं ८ र ९ साविकको लालु गाविसलाई औपाचारिक रुपमा पूर्ण साक्षर घोषणा गरिएको हो ।

कालिकोट जिल्लाका गाउ वस्तीमा वालविवाहको दर उच्च रहेका वेला लालुलाई वालविवाह मुक्त गाबिस घोषणा गरिनुलाई ठुलो चुनौतीका रुपमा लिएको गाउ पालिकाका अध्यक्ष धिरवहादुर बिस्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =