कसैकाे प्रेममा पर्ने कारण यस्ता छन्

एजेन्सी । प्रेम कसरी हुन्छ, यसको सही जवाफ त कसैसँग पनि छैन । तर, मनोविज्ञानलाई मान्ने हो भने कयौ शोध यसका केही कारण भने अवश्य बताउँछ, हेर्नुस अरूलाई तपाईँमा त्यस्तो के देखाउँछ जसले अरूलाई तपाईप्रति आकर्षित हुन्छन् ।

जस्तो तिमी त्यस्तै म

भन्न त यसो पनि भनिन्छ कि विपरीत गुणका व्यक्ति एकअर्काप्रति आकर्षित हुने गर्दछन् । तर, कयौ विशेषज्ञ अहिले मान्छन् कि यस्ता व्यक्ति जसको व्यक्तित्व मिल्दोजुल्दो छ, शौक, रुचि, अरुची समान छ, उनीहरूको जोडी बन्ने सम्भवना बढी पाइएको छ ।

एकैजस्तो गन्ध

युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाको एउटा अध्ययनमा पाइए अनुसार महिलाको महिनाको आफ्नो फर्टाइल अवधिमा पुरुषको पसिनाको गन्धको आधारमा उनीहरूको सेक्स हर्मोन टेस्टोस्टीरोनको स्तर थाहा हुन्छ । यसको आधारमा उनीहरू कुनै पुरुषलाई बढी आकर्षक पाउँछन् । यस्तै प्रतिक्रिया कयौपटक ठुला अनुहारका पुरुषका लागि पनि हुने गर्दछ ।

सही बढी ल्याङ्ग्वेज

बढी ल्याङ्ग्वेजले तपाईका बारेमा धेरै कुरा बताउने गर्दछ । जस्तो कि यदि तपाईँ गोजीमा हात राख्नुहुन्छ, ढाड सिधा राख्नुहुन्न वा काँधतर्फ झुकाएर बस्नुहुन्छ, तब तपाईँ अगाडिको व्यक्तिलाई लाग्ने गर्दछ कि तपाईँको उ प्रति कुनै रुचि छैन । यही यदि तपाईँ उसको कुरामा प्रतिक्रिया दिनुहुन्छ र शरीर उ तर्फ राख्नुहुन्छ, तब यसबाट तपाईँको रुचि झल्कन्छ ।

आँखा आँखामा

म्यासाचुसेट्स युनिभर्सिटीका मनोविज्ञ जान केलरमनले एक अर्काबाट अनजान ७२ जनामाथि एउटा अध्ययन गरेका थिए । अध्ययनमा उनले सहभागीहरुको जोडी बनाए र एक अर्काको आँखामा केवल २ मिनेटसम्म हेर्न भने । यति कम समयपछि नै उनीहरूले बताए कि उनीहरू एक अर्काबाट निकै धेरै नजिक महसुस गर्न लागेका थिए । प्रेममा पनि आँखाको निकै समय मिलन हुन्छ ।

पाल्तु जनावर

मिशिगन युनिभर्सिटीका अध्ययनकर्ताहरुले कयौ महिलामा ध्यान दिए कि जब उनी कुनै पुरुषका बारेमा संक्षिप्त विवरण बढ्छन् तब उनीहरूको प्रतिक्रिया कस्तो हुन्छ । यदि पुरुषसँग पाल्तु कुकुर छ भने यस्ता पुरुषसँगको सम्बन्ध लायक ठानिन्छ । पाल्तु पशुको हेरचाह गर्ने मानिस बढी विश्वासयोग्य र मिजासिलो हुने गर्दछन् ।

सङ्गीतसँग जोडिएको तार

फ्रेन्च अध्ययनकर्ताहरुका अनुसार कुनै पनि व्यक्तिको कुनै वाद्ययन्त्र बजाउने क्षमतालाई निकै नै आकर्षक गुण मानिएको छ । एक परीक्षण गरियो, जब दुई युवालाई सडकमा रोकेर सयौ युवा महिलाहरुसँग उनीहरूको फोन नम्बर माग्नु थियो, जुन युवाको काँधमा गिटार थियो उसलाई बढी महिलाहहरुले आफ्नो फोन नम्बर दिन तयार भए ।

प्रेमको रातो रङ्ग

स्लोभाकियामा हालै गरिएको एक अध्ययन अनुसार जुन महिला रातो रङ्ग बढी लगाउँछन् उनीहरूलाई बढी सफल र आकर्षक मानिएको छ । यसबाट पार्टनर पाउन पनि सजिलो हुने गर्दछ । अध्ययनमा महिलालाई पनि रातो रङ्ग प्रयोग गर्ने पुरुष उच्च तहका लाग्ने गर्दछ, र यस्ता पुरुषले उनीहरूको ध्यान खिच्न सफल हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =