थारु समुदायले आज जितिया पर्व मनाए

काठमाडौं, भदौ २८ । थारु समुदायले आज जितिया पर्व मनाएका छन् ।काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् । थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

मातृत्व सम्मानकोरुपमा लिइने यो पर्वमा महिलाले दिवंगत आमा, सासूलगायतको सम्झनामा व्रत बस्ने गर्दछन । सूर्यपुत्र जितमहानको पूजा गरी श्रीमान् र छोराछोरीको राम्रो स्वास्थ्यको कामना गदै व्रतसमेत बस्ने प्रचलन रहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =