जावलाखेल ग्रुपले ल्यायो कोरेड रसियन स्प्रीट्स

 

बैशाख २९, काठमाडौं । जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले भर्खरै नेपाली बजारमा रुसी प्रविधिद्वारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ । 

उक्त रेड रसियनको स्वाद उत्कृष्ट छ भने जसमा शुद्ध र सर्वश्रेष्ठ पदार्थहरू प्रयोग गरी तयार पारिएको छ । अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधिद्वारा उत्पादन गरिएको रेड रसियन गुणस्तरीय पेयपदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिने बताइएको छ । 

null

क्लीयर स्प्रीट्सको पारखीहरूको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको कम्पनीको भनाई छ । जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले क्लीयर स्प्रीट्स विश्वकै अतिलोकप्रिय पेयहरूमा पर्ने बताए । रेड रसियनले उपभोक्तालाई गुणस्तर, स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने कम्पनीको विश्वास छ । 

जावलाखेल ग्रुप अफ् ईन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शसिन जोशीले आफ्ना उत्पादनहरूमा उच्च मापदण्ड निर्धारण गरेको र सोही परम्परालाई अगाडि बढाउँदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधिद्वारा रेड रसियनको उत्पादन गरिएको जिकिर गरे । 

हालबजारमा रेड रसियन ७५० मिलिको १ हजार, ३७५ मिलिको ५ सय, १८० मिलिको २ सय ५० रुपैयाँमा उपलब्ध हुने छन् । जावलाखेल ग्रुप अफ् इण्डस्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा बिक्रीवितरण र व्यवस्थापन गर्ने एक अग्रणी व्यापारिक समूह हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =