सल्यानका युवाहरूद्धारा दाङमा साईबर अपराध सम्बन्धी प्रशिक्षण

माघ २२, सल्यान । सल्यानी युवा सञ्जाल दाङ सम्पर्क समितिको आयोजना तथा आई .टी. एशोसियसन नेपालको सहकार्यमा साईवर अपराध न्यूनीकरणका लागि “डिजिटल साक्षरता अभियान “ राप्ति बबई क्याम्पस तुलसीपुर, दाङमा सम्पन्न भएको छ ।
सल्यानी युवा सञ्जाल दाङ सम्पर्क समितिका अध्यक्ष राजन डांगीको अध्यक्षता तथा राप्ति बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख अथित्यता एवं तुलसीपुर इ.प्र.का मा कार्यरत प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीको विशिष्ट आथित्यतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण सल्यानी युवा सञ्जाल दाङ सम्पर्क समितिका महासचिव रविन ओलीले गरेका थिए ।
उक्त कार्यक्रममा आई एशोसियसन नेपालका अध्यक्ष दीपक भण्डारी, सचिव राजन डाँगी ,प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीले प्रक्षिक्षण दिएका थिए ।

प्रक्षिक्षणका क्रममा पछिल्लो चरणमा बढ्दै गैरहेको साईबर अपराध, यसबाट बच्नका लागि अपनाउनु पर्ने साईबर सेक्युरिटी तथा साईवर कानुनका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति सहायक क्याम्पस प्रमुख गणेश पार्धेले पछिल्लो समयमा प्राविधिको प्रयोग बढे सँगै बढिरहेको साईवर अपराधको न्यूनीकरणका लागी यस किसिमको अभियान अपरिहार्य रहेको बताएका थिए । यस किसिमको आभियान हरेक विद्यालय तथा क्याम्पसमा लिएर जानु पर्ने आवश्यता रहेको पार्धेले औँल्याए ।








