मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि

मंसीर १०, काठमाडौँ । दाेलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।

 

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =