जुम्लामा भालुको आक्रमणबाट एक जना घाइते

ईश्वरीप्रसाद देवकोटा, जुम्ला । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका ४ धौलपुरा गाउंका लक्ष्मीचन्द्र न्यौपाने घाइते भएका छन् । विहान घर नजिकैको स्याउ बगैचा भित्र रहेको चर्पीमा दिशा गर्न जाँदा भालुले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट घाइते भएका न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार र शल्यक्रिया भैरहेको छ । आक्रमण गरेको देखेर स्थानीयले भालुलाई लखेटेपछि नदी किनारामा मृत अवस्था भेटिएको भालुलाई जिल्ला वन कार्यालयमा ल्याइएको छ । सहायक वन अधिकृत भरत बुढथापाको टोलिले भालुलाई वन कार्यालयमा ल्याएको जिल्ला वन अधिकृत मोहन श्रेष्ठले वताए । भालुको पोष्टमाटम गरेपछि वन कार्यालय परिषर भित्र खाडल खनि दवाउने योजना भएको छ ।

यस अघि पनि जुम्लामा पाइने हिमाली कालो भालुले स्थानीयलाई गाउंमै आएर आक्रमण गर्ने गरेको थियो । स्याउ बगैचा भित्र भालु रहेकाले त्यहां स्याउ खान आएको अनुमान गरिएको छ । पछिल्लो समय जुम्लामा हिमाली कालो भालुको संख्या बढेदै गएको जिल्ला वन कार्यालयले जनाएको छ । भालुको पित मुल्यवान हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =