५ लाख घुससहित पक्राउ परे उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष

 

बैशाख २९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित लामिडाँडा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले ५ लाख घुससहित समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई नियन्त्रणमा लिएको हो । 

null

लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरुलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =