डिआइजी सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

भदौ २७, काठमाडौँ । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज भएको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको बृहत् पूर्ण इजलासले सिलवालको माग दाबी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्याङ्कनमा पनि आफू अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए । अदालतले अर्यालको कार्य सम्पादन मूल्याङ्कन अङ्क १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

यो फैसलासँगै करिब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा किनारा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =