बालाचर्तुदशीको तयारी पुरा

कार्तिक २८, काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कोषले मङ्गलवार बिहान पत्रकार सम्मेलन गरी आगामी बिहीबार परेको बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी गराएको हो ।

कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्वलनदेखि कोर क्षेत्रमा सतविज छर्ने व्यवस्था मिलाईएको जनाएको छ । आफ्ना दिंवगत भएका पितृहरुको संम्झनामा मृतकका आफन्तजनबाट रातभर दिपप्रज्वलन गरी भोलिपल्ट सत्विज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्ने सम्मको व्यवस्था कोषले मिलाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूलशिविर बनाई संयुक्त सुरक्षा योजना अनुसार भक्तजनको सुरक्षाका लागि कोरक्षेत्रमा सतविज मार्ग र बत्ती बाली बस्ने स्थानहरुमा प्रयाप्त सुरक्षाकर्मीहरु खटाईने भएको छ । मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि सत्विज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्धारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने भएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने सम्भावनालाई मध्यनजर गरी बहुमुल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । त्यसै गरी छालाको जुत्ता पनि नलगाईदिन अनुरोध गरेको छ ।

मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुको साथै ठाउँ ठाउँमा सिसि क्यामेरा जोड्ने काम गरिएको छ । सो अवसरमा कोषले विभिन्न सङ्घ संस्थासँग मिलेर विशेष सरसफाइको योजना पनि संञ्चालन गर्ने भएको छ ।

बालाचर्तुदशीका दिन बिहानै देखि भोलिपल्ट साँझ सम्म गौशाला चारशिवालय, गौशाला भुवनेश्वरी, जयवागेश्वरी भुवनेश्वरी, भिमसेनस्थान पश्चिम गोल्डेनगेट, गुरुमार्ग र उमाकुण्ड दक्षिणमूर्ति तर्फका बाटोमा सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ । कोषले मङ्सिर २ गते बिहान ९ देखि १२ बजे सम्म सर्वसाधरणका लागि पशुपतिनाथमा पहिरिने कवज, मुकुट, नागमणी, एकमुखे रुद्राक्षको दर्शन गराउने व्यवस्था पनि मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =