प्रदेश नम्बर २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन

सरकारले प्रदेश नम्बर २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ। सरकार र राष्ट्रिय जनता पार्टीबीच बिहिबार भएको सहमति अनुसार असार १४ मा तोकिएको दोस्रो चरणको निर्वाचन सारेर प्रदेश नम्बर दुईमा असोज २ गते निर्वाचन हुने भएको हो ।

‘प्रदेश नम्बर दुईमा असोज २ गते निर्वाचन गर्ने सहमति भएको छ । सरकारले आयोगसँगको परामर्शपछि औपचारिक निर्णय गर्छ’, कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भयो ।

उनले सरकारले प्रमुख प्रतीपक्षी एमालेकै सहमति अनुसार निर्वाचनको मिति सारिएको बताए । ‘उहाँहरुलाई हामीले हिजै भोलिको बैठकमा तपाईँहरु पनि सहभागी हुनुस् भनेका थियौं’,  निधिले भने, ‘उहाँहरुले चुनाव सार्ने कुरा सरकार र निर्वाचन आयोगको भएकोले आफूहरु  बैठकमा आउन नपर्ने बताउनुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =