आरके खम्बू राजपामा प्रवेश गर्दा खरामोमा रडाँको

असोज ३१, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । मोर्चाबाट समानुपातिकमा १ सिट पाएका अध्यक्ष आर.के. (रामकुमार खम्बू) ले मोर्चालाई राष्ट्रिय जनता पार्टीमा विलय गराएका हुन् ।

सोमबार राजधानीमा दुई दलबीच एकीकरण सभा गरिएको थियो । आदिवासी जनजाति, मुस्लिम, थारू र अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्नका लागि खरामो र राजपा बिच एकता भएको आरके खम्बूले बताए ।

आगामी मङ्सिरमा हुने केन्द्र र प्रादेशिक निर्वाचनमा समानुपातिक सिट पाउनका लागि खम्बूले मोर्चालाई राजपामा मिसाएको भन्दै खरामोमा रडाँको मच्चिएको छ । निर्वाचन आयोगले ल्याएको थ्रेस होल्ड र एमाले माओवादी बिचको धु्रविकरणले राष्ट्रिय राजनीतिमा आएको परिवर्तनसँगै खम्बूले आफूलाई सुरक्षित गर्न मोर्चाको अस्तित्व नै समाप्त पारेको खरामोका कार्यकर्ताले आरोप लगाएका छन् । उनले खम्बूवानको अस्तित्व समाप्त पार्न खम्बूले मोर्चा विलय गराएको आरोप लगाए । ‘खरामोको अस्तित्व समाप्त पार्ने खेल भएको छ । उनी खम्बूवानका गद्दार हुन् । इतिहासले यसको लेखाजोखा गर्नेछ ।’ एक कार्यकर्ताले भने । कतिपयले माेर्चा राजपामा विलय भएकाे भन्दै सामाजिक सञ्जालमा समेत अाक्राेस ब्यक्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका एक नेताले खरामोलाई राजपामा विलय गराईएको बताए । उनले आदिवासी जनजाति र मधेसी जनताको मुक्तिका लागि राजपाको विकल्प नरहेको र राष्ट्रिय राजनीतिमा आउनका लागि समावेशी सिद्धान्त अनुसार मोर्चासँग एकिकरण गरिएको बताए ।
यता राजपामा गएका मोर्चाका अध्यक्ष आरके खम्बूले भने, मोर्चालाई राजपामा विलुप नगरिएको बताए । मकालु खबरसँगको फोन सम्पर्कमा खम्बूले राजपामा साना ६ दलहरू भएजस्तै गरी मोर्चा गएको जिकिर गरे । ‘भारतमा विजेपी, एमबिएले गरे जस्तै गरिएको हो ।’ उनले भने । उनले खरामो क्षेत्रीय पार्टीका रूपमा सक्रिय रहने दाबी पनि गरे । उनले राजपासँग एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति अनुसार गठबन्धन भन्दा माथि रहेर सहकार्य भएकाे बताए ।

मोर्चाले दोस्रो संविधान सभा निर्वाचनमा भाग लिएको थियो । जसमा प्रत्यक्ष तर्फ कुल ६,४५१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३०,६८६ मत प्राप्त गरेको थियो । समानुपातिकबाट संविधानसभामा एक सिट पाएको मोर्चाबाट अध्यक्ष खम्बू सभाषद् भएका थिए । माेर्चाले स्थानीय तहकाे निर्वाचनमा समेत भाग लिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =