मोदीलाई देउवाको पत्र !

 

जेठ १०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । 

सभापति देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका हुन् ।  

null

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाइ पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले भने मोदीलाई बिहीबार नै बधाई दिइसकेका छन् ।  

नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले पत्रमा उल्लेख गरेका छन् । 

नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत देउवाले विश्वास व्यक्त गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सभापति देउवा अहिले सिंगापुरमा छन् । उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका देउवा आगामी सोमबार स्वदेश फर्किनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =