अाज ला लिगामा बार्सिलोना र लेगानेस भिड्दै

मंसिर २, काठमाडाैं । स्पेनिस फुटबल प्रतियोगिता ला लिगामा आज राति केही ठूला खेल हुँदैछन् । जसमा आज लिग लिडर बार्सिलोना र लेगानेस आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार याे खेल अाज राति ९ बजे हुनेछ ।

हाल लिगको शीर्ष स्थानमा बसेको बार्सिलोना आज नवौं स्थानको लेगानेससँग उसकै मैदानमा उत्रिँदैछ । लिगमा हालसम्म अपराजित रहेको बार्सिलोना आज पनि जितेर अपराजित यात्रालाई कायमै राख्न चाहन्छ ।

बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टाले चोटपछि टोलीमा आगमन गर्दै छन् भने उस्माने डेम्बेले, जाभियर मासेरानो र आन्द्रे गोमेज भने घाइते छन् । सेभिल्ला विरुद्ध दुई गोल गरेका पाको अल्कासेरले यस खेलमा मौका पाउने देखिन्छ । बार्सिलोनाको अग्रपंक्ति भने लियोनल मेस्सी र लुइस स्वारेजले सम्हाल्ने छन् ।

घरेलु टोलीको लागि मिडफिल्डर रुबेन पेरेज टोलीमा फर्किँदै छन् भने नोर्डिन आम्रबाटले पनि टोलीमा ठाउँ पाउने देखिन्छ । सिजनमा राम्रो सुरुवात पछि लेगानेस आफ्ना पछिल्ला दुई खेल गुमाउँदै तालिकाको नवौं स्थानमा झरेको छ ।

बार्सिलोनाले हालसम्म खेलेका ११ खेलमा १० खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । उसको खातामा कूल ३१ अंक छ । आज घरेलु मैदानमा लिग डिलरसँग भिड्न लागेको लेगानेसले समान ११ खेलबाट पाँचमा जित, चार र दुई बराबरी गर्दै खातामा १७ अंक राखेको छ ।

अाजै राति हुने रियल मडिर्ड र एथ्लिकाे मडिर्ड विचकाे पनि खेल  हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =