आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुः नेपालकाे राेमान्चक जित

माघ २५, काठमाडौं । नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । नेपालले आज नामिबियाको घरेलु मैदानमा एक विकेटको रोमाञ्चक जित निकालेको हो । १३९ रनको लक्ष्य पछ्याएको नेपालले ४ रन बाँकी रहँदा जित हासिल गरेको हो ।

१ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन मात्र थियाे । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपालले नामिबियालार्इ उसकै मैदानमा हराउन सफल भयाे । खेलमा ओपनर दिलिप नाथ तथा आरिफ शेख खाता नखोली पभेलियन फर्केका थिए भने, उपकप्तान ज्ञानेन्द्र मल्लले १५ रन मात्र जाेडे ।  कप्तान पारस खड्काले पनि १९ रन मात्रै जाेड्दा नेपाली टिम थप दवावमा थियाे ।

खेलमा शरद भेषावकरले नेपालका लागि सर्वाधिक २९ रन जोड्न सफल भएका थिए । भने, अाजकाे खेलबाट अन्तराष्टिय खेलमा डेब्यू गरेका रोहित पौडेलले १७ रन बनाए । दिपेन्द्र ऐरी ६ रन, करन केसी ३ रन र सोमपाल कामी १३ रनमा आउट भए । यसले नेपाली खेलाडीमा अझ दवाव बढेपनि वसन्त रेग्मीले २४ रन बनाउँदा नेपाललार्इ जित तर्फ फर्कन सहज भयाे । वसन्तले ४९ औं ओभरमा छक्का तथा अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट गरेकाे थियाे । नेपालका लागि सन्दिप लामिछानेले  ८.२ ओभर खेल्दै २ मेडेन साथ १८ रन खर्चिंदै ४ विकेट लिन सफल भए । सोमपाल कामीले ३ विकेट तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १/१ विकेट लिएर नामिबियालार्इ सस्तैमा समेटेका थिए ।

सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त गरेको थियो ।

नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । विलियम्सलाई सन्दिपकाे शिकार भए ।

 भाेली नेपालले अाफ्नाे दाेस्राे खेल ओमनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =