जनताको अधिकार संस्थागत गर्न मेरो उम्मेदवारी : मेयर उम्मेदवार तामाङ

                                                       तीर्थ बहादुर तामाङ (पेमा लामा) मेयर उम्मेदवार

नेकपा क्रान्तिकारी माओवादीबाट जनताको अधिकार संस्थागत गर्न मेरो उम्मेदवारी हो । यो निर्वाचन आफै असंबैधानिक तरिकाले २० वर्ष पछि हुन गइरहेको भनेर जनतामा भ्रम फैलाउने कार्य भइरहेको हाम्रो पार्टीको भनाई छ । वैधानिक निर्वाचन मान्ने कुनै आधार पनि छैन । पुरानै निर्वाचन भनेर हेर्यैा भने प्रतिगमनको रूपमा लिने गरेको यथार्थ देखिएको पनि छ । यस कारणले पनि यस पटक जनताले प्राप्त गरेको अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्नका लागि यो निर्वाचनमा भाग लिएका हौँ ।

युवाहरूको सहभागिता बिना निर्वाचन मात्र होइन कुनै पनि कुराको कल्पना पनि गर्न सक्दैनौं र युवा शक्तिलाई पाखा लगाएर कसैले राजनीति गर्न पनि सक्दैछ । किनभने, देश राजनीतिमा युवा वर्गको नै महत्त्वपूर्ण भूमिमा रहेको हुन्छ ।युवाहरूलाई सचेत र सङ्गठित बनाउन पनि राजनीति आवश्यक हुन्छ । समग्र नगरबासीहरुको समस्याको समाधान र शान्ति, संवृद्धि, न्याय समानता र सम्मुन्तीको लागी मैले उम्मेद्धवारी दिएको हुँ ।

धरानका समस्याः

अब्यवस्थित सुकुम्बासी क्षेत्र, बढ्दो शहरीकरण, खानेपानी समस्या, बसपार्क, ट्रार्फिक व्यवस्थापन, बिमानस्थल व्यवस्थापन, नै धरानको समस्या हो । यसका अलावा सब्जीबजार व्यवस्थापन, फोहर व्यवस्थापन सरकारी कार्यालयबाट जनताले सर्वसुलभ रूपमा सेवा पाउन नसक्नु रहेको छ । अहिले युवावर्गमा बढ्दो लागूपदार्थ दुब्र्यसन र, बेरोजगारी पनि यहाँको समस्या हो ।

आम्दानीको स्रोत व्यवस्थापन :

धरानलाई अहिलेसम्म हामीहरूले पर्यटकीय सहर भनेरमात्र भनेका छौँ । धरानलाई कुन क्षेत्रमा कुन विषय लिएर गर्न सकिन्छ त्यता ध्यान दिनुपर्छ । धरान आत्मनिर्भर कसरी हुन्छ यी र यस्ता कुराहरूलाई नै जोड दिनुपर्छ । आन्तरिक राजस्व ३५ करोडले समग्र धरानको विकास गर्न नसकिने हुँदा आन्तरिक श्रोतको पहिचान गरी विकास निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्दछ । जनता र युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने बैकल्पिक उपायहरू खोन्न आवश्यक हुन्छ । आम्दानीका श्रोतहरुलाई पहिचान गर्दै तिनीहरूको बयवस्थापन गर्नुपर्छ ।

चुस्त दुरुस्त सेवा

धरानबासीले भोगेको मुख्य कुरा नगरपालिका र वडाहरुबाट चुस्त दुरुस्त सेवा नपाउनु हो । हामी जनताबाट चुनिएर जाने प्रतिनिधिले जनताका दैकि कामकाजलाई समेसम्म सहज रूपमा पुरा गर्नुपर्छ । यसका लागि जनप्रतिनिधीलाई जनताप्रति जवाफदेहि बनाउन आवश्यक छ । धरानमा मेयरको पदमा जित हात पारेको अवस्थामा पहिलो नम्बरमा जनताको हरेक सेवा सुविधा र कामलाई पहिलो प्राथमिकतामा राख्नेछु । र म मातहतका कर्मचारी र जनप्रतिनिधीलाई जनता प्रति जिम्मेवार बनाउने छु । हामीले जनताको न्यायको पक्षमा मुद्दा उठाइरहेकाले मेरो जित्ने आधारपनि त्यही हो ।

धरानबासीका नाममा

यो स्थानीय तहको निर्वाचनमा ठुला दल भनौदाहरुलाई २२ वर्षसम्म जितायौं । तर, यिनीहरूले देश र जनताका लागि केही गरेनन् । यस पटक देशभक्त जनगणतान्त्रीक मोर्चालाई विश्वास गरौँ । हामीले धरानको यथार्थ र सत्य मुद्दाहरू उठाएका छौँ र हाम्रा प्रतिबद्धताहरु इमान्दार र पारदर्शी भएर कार्य सम्पादन गर्नेछौँ । धन्यवाद !

( कुराकानीमा आधारित )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =