लागुऔषध सेवन गरेको पहिचान बारे प्रशिक्षण तथा पत्रकार सम्मेलन

साउन १६, नेपालगन्ज । लागु औषध सेवन गरेको कसरी पहिचान गर्ने भन्ने बारे आज नेपालगन्जमा पत्रकार सम्मेलन गरिएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको आयोजनामा आज नेपालगन्जमा लागुऔषध सेवन गरेको पहिचान बारे प्रशिक्षण तथा पत्रकार सम्मेलन गरिएको हो । नेपालमा अत्याधिक मात्रामा लागुऔषध प्रयोग कर्ताहरुको वृद्धि भइरहेको वेला यसलाई न्युनिकरण र यसबारे जनचेतना मूलक कार्यक्रम गर्न आवश्यक रहेको नारकोननका कार्यक्रम संयोजक वसन्त राज कुवरले बताउनुभयो ।

नेपालमा २ लाख बढी लागुऔषधकर्ता (ड्रक्स) सेवन गर्ने गरेको तथ्याङक उहाँले सार्वजतिक गर्नुभएको छ । २ लाख सर्वसाधारणले लागुऔषध छोड्न नसक्ने स्थितिमा पुगेको उहाँले प्रस्तुत गरेको तथ्याङकले देखाएको छ । करिब ३ लाख जनाले सेवन गर्न थालेको नेपालको तथ्याङकले देखाएको कुवरले बताउनुभयो । ५ प्रकारका लागुऔषध सेवनकर्ताले विभिन्न किसिमका माध्यमबाट सेवन गरिरहेका छन् । लागुऔषध सेवनकर्ता बढीमा १० बर्षमात्रा बाच्ने गरेको कुवरले प्रस्तुत गरेको तथ्याङकले देखाएको छ । लागुऔषधकर्ताको पहिचान कसरी गर्ने तथा लागुऔषधकर्ता भनेर कसरी चिन्ने बारे समेत उहाँले जानकारी गराउनुभएको थियो ।

लागुऔषध सेवन गरेको नगरेको बारे थाहा पाउन सेवनकर्ताको हातखुट्टा झमझमाउने, बिहानै उठन नसक्ने, शरीर दुुख्ने, व्यवहारमा परिवर्तन आउने लगायतका लक्षण देखा परे लागुओषधको दुव्यसनमा फसेको भन्ने बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । नेपालमा लागुऔषध सुधारकेन्द्र १ सय ७ वटा रहेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेक प्रसाद राई, नेपाल उद्योग महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नवनिर्वाचित वडा अध्यक्ष, सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =