बिश्व बाताबरण दिवस मनाईयो

जेठ २४, धरान । सर्दु जलाधार क्षेत्रमा रहेको चिहानधारीलाई व्यवस्थित गरी स्मृति पार्कको रुपमा विकशित गर्ने निर्णयका साथ विश्व वातावरण दिवश मनाईएको छ । धरान २० स्थित फुश्रे वजार उत्तरमा रहेको सर्दु खोला अव्यवस्थित चिहानधारीले गर्दा वातावरणमा प्रदुषण वन्दै गएमा चिन्ता ब्यक्त गर्दै धरान १३ र तामाखामका स्थानियहरुको सहभागितामा सोमवार वृहत छलफल तथा सरसफाई कार्यक्रम सम्पन्न भयो ।

छलफल कार्यक्रमबाट सर्दु जलाधार क्षेत्रमा रहेको चिहानलाई ब्यवस्थित गर्न किरात राई यायोख्या प्रारम्भिक कमिटिको संयोजकत्वमा ९ सदस्यीय संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिले अब उप्रान्त सो स्थानमा कंक्रिटको चिहानको सट्टा २ वटा कपुरको विरुवा रोप्नु पर्ने, पुराना चिहानको ढुङ्गाहरु संकलन गरी त्यसबाट आत्मा घर बनाउने र सो स्थानको नाम स्मृति पार्क राख्ने निर्णय पनि गरिएको छ ।

कार्यक्रम आयोजक वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल) ले तयार पारेको कार्य योजनालाई केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले प्रस्तुत गरेका थिए । उनले सर्दु जलाधार क्षेत्रको संरक्षणमा सो क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन जैविक विविधता पार्कको अवधारण अघि सारेको बताए । कार्यक्रममा स्थानिय निकायको निर्वाचनका उम्मेद्वारहरु, स्थानीय  युवा समुह, आमा समुह, सेवक अभियानका स्वयम् सेवक, शसस्त्र प्रहरी गण धरानका जवानहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =